NEWS

5:26 AM


लियो मार्गदर्शनको प्रशान्त लामा बचाऊ अभियान
5 1 0 01 Aug, 2016


काठमाडौ‌ं, १७ साउन । ‘हामी एक्लैले सबैको ज्यान बचाउन त सक्दैनौं तर सबै मिलेर एकअर्कालाई बचाउन सक्छौं’ भन्दै सामाजिक सेवामा जुटिरहेको लियो क्लब अफ काठमाण्डौं मार्गदर्शनले प्रशान्त लामा बचाऊ अभियानमार्फत सहयोगको निम्ति अपिल गरेको छ ।

हेटौडा निवासी चार महिने शिशु प्रशान्त लामाको मुटुमा १० मिमिको प्वाल देखिएको छ । उनी शिशु निमोनियाले पनि ग्रसित छन् । चितवन मेडिकल कलेजमा थप उपचार सम्भव नभए पश्चात प्रशान्तलाई टिचिङ्ग हस्पिटल महाराजगंजमा को शिशु आइसियू शाखामा भर्ना गरिएको छ ।

घर परिवारको आर्थिक अवस्था निकै नाजुक भएकोले उपचारमा कठिनाई भइरहेको बताए । चिकित्सकहरुको अनुसार पहिले निमोनिया कन्ट्रोल गरिएपछि मात्र गंगालाल हस्पिटलमा ट्रान्सफर गरेर मुटुको शल्यक्रिया गरिनेछ । क्लबका अध्यक्ष समीर बुढाथोकीका अनुसार विभिन्न व्यक्ति तथा संस्थाहरुले उनलाई सहयोग गर्ने क्रम जारी छ । प्राप्त रकममध्ये केही रकम बच्चाको उपचारको लागि अस्पतालमा डिपोजिट गरिएको र आवश्यकता अनुसार खर्च गरिने छ ।

उपचार र अपरेशन र औषधिको निम्ति थप रकम चाहिने भएकाले आर्थिक सहयोगका लागि एसबिआइ बैंक बौद्ध शाखामा, समीर बुढाथोकीको नाममा रहेको खाता नं. २०५१५२४१४०४९०७ वा राष्ट्रिय वाणिज्य बैंक बानेश्वर शाखामा रहेको कुबेर पाठकको नाममा रहेको खाता नं. १४२००५८३१२१० मा जम्मा गर्न सकिने बुढाथोकीले जनाए ।

उपचारमा लागेको सम्पूर्ण खर्च विवरण बिलसहित र सम्पूर्ण सहयोग गर्ने सहयोग दाताहरुको विवरण क्लबले सार्वजनिक गर्ने कुरा पनि उक्त क्लबका पूर्व अध्यक्ष कुबेर पाठकले बताए । यसबारे थप जानकारीका लागि समीर बुढाथोकीलाई ९८४१५१५९३२ र कुबेर पाठकलाई ९८४३१४९२७८ मा सम्पर्क गर्नसकिने कुरा पाठकले जानकारी दिए ।
PROMOTED CONTENT


You Might Also Like

0 comments