NEWS
5:23 AM![]()
![]() |
सर्लाहीको झिम नदीमा अवस्थित पक्की पुल जोखिममाएस.पी. यादव
0 1 0 01 Aug, 2016
सर्लाही, १७ साउन । सर्लाही जिल्लाको त्रिभुवननगर गाविसबाट भारतको विहार सोनबर्सा तर्फ जाने बाटोमा अवस्थित झिम नदीको पुल जोखिमपूर्ण अवस्थामा पुगेको छ । नदीमा पानीको बहाब बढेपछि तीव्र कटान जारी छ । जसका कारण पुल नै जोखिममा परेको हो ।
तर मर्मतका लागि सरकारले कुनै पहल गरेको छैन । पुल जुनसकै बेलापनि क्षतिग्रस्त हुनसक्छ । यस्तो हुँदाहुँदै पनि सरकारी निकायको वेवास्थाका कारण सो पुल भएर आवतजावत गर्नेहरु जोखिममा छन् ।
सो पुल भारत सरकारको सहयोगमा निर्माण भएको थियो ।
![]() |

0 comments